राजनीति


सुवासभन्दा सुहाङसँग बढी मतान्तरले हारे डम्बर

सुवासभन्दा सुहाङसँग बढी मतान्तरले हारे डम्बर

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार ५:४, काठमाडौँ

इलाम क्षेत्र नम्बर २ को मतगणना सकिएको छ। नेकपा एमालेका सुहाङ नेम्बाङले फराकिलो मतान्तरसहित संघीय संसद्को ढोका खोलेका छन्। 

उनीसँग नेपाली कांग्रेसका डम्बरबहादुर खड्का ५ हजार ८ सय ३० मतले पराजित भएका हुन्। संयोग नै भन्नुपर्छ, यसअघिको निर्वाचनमा सुहाङका बुवा स्व. सुवास नेम्बाङको प्रतिस्पर्धा पनि डम्बरसँग नै भएको थियो। 

त्यतिबेला डम्बरले झिनो मतान्तरले हार बेहोरेका थिए। अहिलेसम्म पनि उनी त्यसबेलाको हार स्वीकार गर्न मान्दैनन्। 

गत भदौमा अकस्मात सुवासको निधन भएपछि गत शनिबार (१५ वैशाख) यहाँ उपनिर्वाचन भएको हो। 

सो निर्वाचनमा अघिल्लो हारको बदला लिने सुरमा रहेका डम्बर झन् ठूलो मतान्तरले पराजित बन्न पुगेका छन्। 

०७९ को निर्वाचनमा बुवा सुवाससँग १ सय १४ मतले हारेका डम्बर डेढ वर्षपछि छोरा सुहाङसँग ५ हजार ८ सय ३० मतले पराजित बन्न पुगेका छन्। 

कांग्रेसले भूगोल बुझेको उम्मेदवार भन्दै पुरानै उम्मेदवार खड्कालाई मैदानमा उतारेर पुरानो मत संरक्षण हुने आकलन गरेको थियो। तर उसको यो रणनीति सफल भएन।

डम्बरले नेपालखबरसँगकै कुराकानीका क्रममा इलाम–२ मा एमालेभन्दा ४ हजार बढी मत आफूसँग रहेको दाबीसमेत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .