राजनीति


बझाङमा कांग्रेसभन्दा एमाले ३४२ मतले अघि, अब एउटा पालिका मात्रै गन्न बाँकी

बझाङमा कांग्रेसभन्दा एमाले ३४२ मतले अघि, अब एउटा पालिका मात्रै गन्न बाँकी

नेपालखबर
बैशाख १७, २०८१ सोमबार १३:३, काठमाडौँ

बझाङ प्रतिनिधि सभा १ को प्रदेश सभा (१) तर्फ नेकपा एमालेका दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार भण्डारी ११ हजार १०३ मतसहित अग्रस्थानमा छन्।

नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले १०७६१ मतसहित भण्डारीलाई  पछ्याइरहेका छन्। उनीहरुबीचको मतान्तर ३४२ छ।

नेकपा माअ‍ोवादी केन्द्रका जनकबहादुर बुढाले ३७९७ मत ल्याएका छन्। नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१० मत ल्याएका छन्। 

तलकोट गाउँपालिका मतगणना सकिएको छ। अब साइपाल गाउँपालिकाको मत मात्रै गन्न बाँकी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .