राजनीति


स्वदेश फर्किए कतारका राजा

स्वदेश फर्किए कतारका राजा

नेपालखबर
बैशाख १२, २०८१ बुधबार १३:३५, काठमाडौँ

नेपालको दुईदिने राजकीय भ्रमण सकेर कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी बुधबार स्वदेश फर्किएका छन्। 

कतारबाट प्रतिनिधिमण्डलसहित मंगलबार अपराह्न काठमाडौँ आइपुगेका उनी बुधबार दिउँसो स्वदेशका लागि प्रस्थान गरेका हुन्। 

उनलाई बिदाई गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

साथै उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ पनि विमानस्थल पुगेका थिए।

स्वदेश फर्किनुअघि बुधबारै बिहान कतारी अमिर शेखले प्रधानमन्त्री प्रचण्डसँग द्विपक्षीय वार्ता गर्दै ८ क्षेत्रमा सहकार्य गर्ने समझदारी पत्रमा हस्ताक्षार गरेका थिए भने लगत्तै उनको सम्मानमा आयोजित दिवभाेजमा सरिक भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .