राजनीति


एक्लाएक्लै भेटवार्तापछि प्रचण्ड र शेखबीच प्रतिनिधिमण्डलसहित द्विपक्षीय वार्ता

एक्लाएक्लै भेटवार्तापछि प्रचण्ड र शेखबीच प्रतिनिधिमण्डलसहित द्विपक्षीय वार्ता

नेपालखबर
बैशाख १२, २०८१ बुधबार ११:१०, काठमाडौँ

नेपालको राजकीय भ्रमणमा रहेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच एक्लाएक्लै भेटवार्तापछि प्रतिनिधिमण्डलसहितको द्विपक्षीय वार्ता सुरु भएको छ।

काठमाडौँस्थित सोल्टी होटलमा जारी वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षमा विचार-विमर्शका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

वार्तापछि द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ।

यस्तै, राष्ट्रिय समाचार समिति (रासस) र कतार न्युज एजेन्सीबीच समाचार आदाप्रदानसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ।

दुई देशबीच कला र संस्कृति, महान्यायाधिवक्ताको कार्यालयसम्बन्धी र वैदेशिक मामिलासम्बन्धी सम्झदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए।

कतारी अमिरको सम्मानमा प्रधानमन्त्री दाहालले आजै दिवाभोजको आयोजना गर्नेछन्।

कतारका अमिर थानी राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा मंगलबार  अपराह्न यहाँ आइपुगेका हुन्। 

राजा थानी अतिथि आजै अपराह्न काठमाडौँबाट स्वदेश प्रस्थान गर्ने कार्यक्रम छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .