प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वदीप पाण्डेलाई युवा तथा सामाजिक विकास विज्ञमा नियुक्त गरेका छन्।
प्रधानमन्त्रीले पाण्डेलाई सो पदमा नियुक्त गरेको प्रधानमन्त्री निकट एक नेताले जानकारी दिए।
‘उहाँ (विश्वदीप) युवा तथा सामाजिक विकास विज्ञ नियुक्त हुनुभएको छ’ ती नेताले नेपालखबरसँग भने।
बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुखसमेत रहेका पाण्डे सोमबार (३ वैशाखमा) मात्रै माओवादी केन्द्रमा फर्किएका थिए।
उनी भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादी पार्टीमा क्रियाशील रहँदै आएका थिए।
1.2k
Shares
प्रतिक्रिया