ad ad

राजनीति


कोरोनाभाइरसका कारण चीनको वर्षकै ठूलो राजनीतिक बैठक स्थगित

कोरोनाभाइरसका कारण चीनको वर्षकै ठूलो राजनीतिक बैठक स्थगित

नेपालखबर
फागुन ५, २०७६ सोमबार १२:३३,

चीनमा फैलिएको कोरोनाभाइरसका कारण हरेक वर्ष मार्चको पहिलो हप्ता आयोजना हुने चीनको संसद– नेशनल पीपुल्स कंग्रेस– एनपीसीको वार्षिक बैठक स्थगित भएको छ।

चीनको सरकारी समाचार संस्था सिन्ह्वाले मार्च महिनामा आयोजना हुने बैठक कोभिद–१९ का कारण स्थगित भएको उल्लेख गर्दै अर्को बैठक कहिले गर्ने भन्ने विषयमा यो महिना फेब्रुअरीको अन्त्यमा मात्रै थाहा हुने जनाएको छ।

कोरोनाभाइरसको उपचार पहिचान नभइसकेको अवस्थामा बेइजिङको ग्रेट हलको एउटै थलोमा आठ हजार सदस्य भेला हुन उचित नहुने भन्दै बैठक स्थगित भएको हो। एनपीसी प्रवक्ताले कंग्रेस बैठक जहिले बसेपनि त्यो बैठकमा कोरोनाभाइरस रोकथामबारे वृहत् छलफल हुने बताए।

एनपीसी बैठक चीनको सबैभन्दा ठूलो राजनीतिक भेला हो, जहाँ आठ हजार बढी सदस्यहरूबीच सरकारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दछ र छलफल गरि निर्णय हुन्छ।

यो बैठक लामो समयसम्म सर्यो भने राष्ट्रिय नीति तथा कार्यक्रममा नै ठूलो असर पर्न सक्नेछ।

मध्य चीनको हुपेई प्रान्तबाट फैलिएको कोभिद–१९ का कारण चीनको आर्थिक र राजनीतिक क्षेत्रमा ठूलो प्रभाव परिसकेको छ। राष्ट्रपति सी चिनफिङ र अन्य नेताहरूका कार्यक्रम सबै प्रभावित भएका छन्।

कोभिद–१९ को प्रकोपमा परि दुई हजार जनाको ज्यान गैसकेको छ भने ७० हजार बढी संक्रमित भएका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .