ad ad

समाज


तेल हाल्दा हाल्दै न्यायधीशको गाडीमा आगाे सल्कियाे

तेल हाल्दा हाल्दै न्यायधीशको गाडीमा आगाे सल्कियाे

गोकुल जोशी
फागुन ५, २०७६ सोमबार १२:३१,

उच्च अदालत दिपायल महेन्द्रनगर इजलासको जीपमा सोमवार साँझ आगलागी भएको छ।

न्यायधीश शारङगा सुवेदीले चढ्ने बा १ झ ८८६३ नम्बरको जीपमा भीमदत्त नगरपालिका–४ स्थित बिपिन पेट्रोल पम्पमा तेल हाल्ने क्रममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक सुरज कार्कीले बताए।

‘तेल हाल्ने क्रममा आगलागी भएको छ।’ नेपालखबरसँग उनले भने, ‘वाइरिङ्ग सर्ट भएर आगलागी भएको देखिन्छ, हामी अनुसन्धान गर्दै छौँ।’ कार्यालयबाट निवासतर्फ जाँदा तेल हाल्ने क्रममा न्यायधीश सुवेदीको बा १ झ ८८६३ नम्बरको गाडीमा आगलागी भएको हो।

आगलागीबाट गाडीको सिटहरु जलेर नष्ट भएका छन्। अन्य क्षति भने भएको छैन। भीमदत्त नगरपालिको दमकल, प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .