ad ad

राजनीति


सरकारलाई विस्थापित गर्ने को हो? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: थापा

सरकारलाई विस्थापित गर्ने को हो? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ: थापा

वाशुदेव मिश्र
फागुन ५, २०७६ सोमबार १२:७,

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारको अस्थिरताको संकेत देखिन थालेको जिकिर गरेका छन्।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला झापा गएर, आफ्नो जिल्लाका मतदाताका अगाडि बढो निरिहतापूर्वक सरकार गिराउने, अस्थिर बनाउने षड्यन्त्रहरु भइरहको दुखेसो पोखेको उल्लेख गर्दै उनले यसको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनुपर्ने बताए।

‘आफ्नै गृहजिल्लामा आफ्नै मतदाताका सामु गएर झण्डै दुई तिहाई बहुमत प्राप्त भएको प्रधानमन्त्री सरकार परिवर्तन र राजनीतिक अस्थिरताको संकेत गरिराख्नु भएको छ। दुई वर्ष पुग्दा नपुग्दै सरकार संकटमा पर्न लागेको देखिन्छ।

प्रधानमन्त्रीकै शब्दमा भन्ने हो भने यो सरकार विस्थापित गर्नको निम्ति देशीविदेशी शक्ति लागिरहेका छन्’, सोमबार पोखरामा राष्ट्रिय प्रजातन्त्र पार्टी निकट पत्रकारहरुको संगठन मिडिय नेपालको केन्द्रीय समिति बैठक समापन कार्यक्रममा भने, ‘प्रधानमन्त्रीले सरकारलाई विस्थापित गर्न कुन देशीविदेशी शक्ति क्रियाशिल रहेका छन्, त्यो प्रधानमन्त्रीले जनातालाई साथमा लिएर भन्नुपर्छ।’

उनले सरकारले परिवर्तनको महशुस हुनेगरी काम गर्न नसकेको जिकिर पनि गरे। राजनीतिक अस्तिरताको तितो अनुभवलाई आत्मसाथ गरेर नेपाली जनताले नेकपालाई बहुमत दिएपनी नेकपा नेतृत्वको सरकारले जनाताले आश गरेको परिवर्तनको बाटोमा अघि बढन नसकेको उनको आरोप थियो।

करिब दुई तिहाइको सरकार बन्दा पनि शान्ति र विकास हुन नसकेको उनले बताए। पछिल्लो समयमा भ्रष्टाचार इतिहासमै डरलाग्दो रुपमा मौलाएको उनको आरोप थियो। ‘लोकतन्त्रको आवरणमा स्वच्छदको ढंगबात ब्रमलुट भएको छ’, उनले थपे।

भ्रष्टाचार, बेरोजगारी समस्या ,धर्म परिवर्तन ,बाह्य शक्तिको दबाब र प्रभाव बर्तमान समयका महत्त्वपूर्ण चुनौती भएको अध्यक्ष थापाको भनाइ छ। चुनौतीलाई सरकारले सामना गर्न सक्नुपर्ने उनको भनाई थियो।

पूर्वाधारमा केही सुधार गरेको भए पनि देशको अर्थतन्त्र कमजोर बन्दै गएको उनले जिकिर गरे। अर्थतन्त्रको ठूलो हिस्सा रेमिटान्समा निर्भर रहेकाले नेपालको अर्थतन्त्र अनिश्चित रहेको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन जरुरी रहेको थापाले बताए। उद्योग र व्यबसायको विकास गरि रोजगारी सिर्जना गर्नेतर्फ सरकारको ध्यान जान नसकेको उनको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .