राजनीति


सरकारकै मिडिया पनि कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिनथालेः अर्थमन्त्री खतिवडा

सरकारकै मिडिया पनि कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिनथालेः अर्थमन्त्री खतिवडा

नेपालखबर
फागुन ५, २०७६ सोमबार ६:५१,

अर्थमन्त्री डा. युवराज खतिवडाले मिडियाले सरकारका सकारात्मक कामलाई स्थान नदिएको गुनासो गरेका छन्।

हरिहर भवन ललितपुरमा सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको नवनिर्मित भवन उद्घाटन गर्दै उनले सरकारकै मिडियाले समेत निष्पक्षता र तटस्थताको नाममा सरकारका कामलाई बेवास्ता गरेको आरोप लगाएका हुन्।

उद्घाटन कार्यक्रममा उनले भने, ‘विपक्षीलाई फोरम हुन्छ, सरकारको हुँदैन। सरकारकै मिडिया कहिलेकाहीँ प्रतिपक्षीजस्तो देखिन्छन्। सरकारलाई पनि फ्लोर दिनुहोस्।’ नवनिर्मित तालिम केन्द्र गतिशील, आधुनिक ज्ञानसीप प्रयोगको थलोको रुपमा विकास हुनुपर्नेमा उनले सुझाव दिए।

दुई वर्षमा औसतभन्दा माथि वृद्धि गर्न सफल
त्यस्तै, दुई वर्षमा औसतभन्दा माथि वृद्धि गर्न सफल भएको बताएका छन्। उक्त अवधिमा समाजको रुपान्तरण, आर्थिक वृद्धि लगायतमा सरकारले कामकारबाहीलाई थप बढाउनुपर्ने रहेछ भन्ने बुझेको अर्थमन्त्री खतिवडाले बताए। उनले भने, ‘६ प्रतिशत लक्ष्य राखेर १६ प्रतिशत मूल्यवृद्धि हुँदा पनि समाज चुप लागेको देखेका हाैँ। कसै कसैले आर्थिक वृद्धि ८ प्रतिशत हुँदैन भनेका छन्, ६ प्रतिशत माथि पुगिसकेको छ। अंक, अनुभूति र त्यसको प्रभावले नै त्यो देखाइरहेको छ।’

उनले सार्वजनिक क्षेत्रमा सुधारको आवश्यकता रहेको र त्यसलाई आफूले प्राथमिकतामा राखेको उल्लेख गरे। उनले भने, ‘०६७÷०६८ सालमा बैंकका सीईओको भाउ कुनै बेलाको सेयरबजारको जस्तो महिनौँ पिच्छे भत्ता तलब सुविधा बढ्नथाल्यो। अस्थिरता पैदा भयो। मैले राष्ट्र बैंकमा रहँदा तलब र थप सुविधाचाहिँ परफरमेन्समा आधारित हुन्छ भनेर नियम ल्याएँ।’

सुधारको कुरा गर्दा त्यतिबेला आफूलाई एमालेको दर्शन लगाउनथाले समेत भन्न थालिएको उनले सम्झिए। तालिम केन्द्रले समसामयिक विषयमा बहस चलाउनुपर्ने उनको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad