ad ad

राजनीति


संसद् खुलाउन प्रधानमन्त्रीको अग्रसरता, सभामुखसहित विपक्षी नेतासँग बालुवाटारमा छलफल

संसद् खुलाउन प्रधानमन्त्रीको अग्रसरता, सभामुखसहित विपक्षी नेतासँग बालुवाटारमा छलफल

बालुवाटारमा जारी छलफल


नेपालखबर
चैत २७, २०८० मंगलबार १०:४८, काठमाडौँ

संसद् खुलाउन प्रधानमन्त्री प्रचण्ड सक्रिय भएका छन्। 

मंगलबार प्रतिनिधि सभाको बैठक सुरु हुनुअघि उनले सभामुखसहित सत्ता साझेदार तथा प्रमुख प्रतिपक्षी दलका नेतासँग बालुवाटारमा छलफल गरेका छन्। 

प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेपाली कांग्रेसका महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठलगायत सहभागी छन्।

छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ। 

प्रमुख प्रतिपक्षी कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई लागेको सहकारी ठगी आरोपको छानबिन गर्न संसदीय समिति गठन गरिनुपर्ने माग गर्दै सदन अवरूद्ध गरिरहेको छ। 

आजै बिहान बसेको कांग्रेसको संसदीय दलको बैठकले सहकारी ठगी प्रकरण अनुसन्धानका लागि संसदीय छानबिन समिति गठन नगरे संसद् बैठक चल्न नदिने निर्णय गरेको छ। 

साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने चेतावनी पनि दिएको छ। 

कांग्रेस नेता रमेश लेखकले संसदीय दलको बैठकपछि भने, ‘तत्काल सहकारी ठगीका बारेमा संसदीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ। कांग्रेस संसद् अवरोध गर्न चाहँदैन, तर नेपाली कांग्रेसको मागप्रति सरकार गैरजिम्मेवार भयो भने संसद् अवरुद्ध भयो भने त्यसको जिम्मा सरकारले लिनुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .