ad ad

राजनीति


नाउपाका २ र स्वतन्त्र १ सांसद काठमाडौंमा, राजीनामा दिँदै मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेश सभा बैठक २ घण्टालाई सर्‍यो
नाउपाका २ र स्वतन्त्र १ सांसद काठमाडौंमा, राजीनामा दिँदै मुख्यमन्त्री शाह

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १६:५, कञ्चनपुर

सुदूरपश्चिम प्रदेश सभाको बैठक दुई घण्टालाई सारिएको छ।

बिहीबार (आज) दिउँसो ३ बजे बस्ने भनिएको बैठक सारिएको हो।

बिहीबार नै बेलुकी ५ बजे संसद बैठक बस्ने सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए।

मुख्यमन्त्री कमल बहादुर शाहले बिहीबारको प्रदेश सभा बैठकमा विश्वासको मत लिँदैछन्।

सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीका दुई सांसद काठमाडौँमा रहेकाले उनीहरु धनगढी फर्किने आशमा बैठक सारिएको हो।

नाउपाका सांसदद्वय कैलाश चौधरी र टीका थापा विश्वासको मत नदिने अडानमा छन्। काठमाडौँमा रहेका उनीहरु फर्किएका छैनन्। 

सत्ता गठबन्धन फेरबदलभएसँगै नाउपाभित्र संरक्षक रेशमलाल चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीचको विवाद उत्कर्षमा छ। विश्वासको मतका बारेमा नाउपाले छुट्टा छ्ट्टै ह्वीप जारी गरेको छ।

अध्यक्ष रञ्जिता श्रेष्ठले मुख्यमन्त्री शाहको विपक्षमा मतदान गर्न ह्वीप लगाएकी छन् भने नाउपाको सुदूरपश्चिम संसदीय दलले अनिवार्य उपस्थित भएर विश्वासको मतको पक्षमा मतदान गर्न र तटस्थ नबस्न ह्वीप जारी गरेको थियो। 

तर नाउपाका सांसदद्वय चौधरी र थापा अध्यक्ष श्रेष्ठको कित्तामा उभिदै विश्वासको मत नदिन काठमाडौँमै रोकिएका छन्।

नाउपाका ती दुई सांसद नआए मुख्यमन्त्री शाहले विश्वासको मत नलिइ प्रदेश सभामा सम्बोधन गरेर राजीनामा दिने तयारी गरेका छन्।

उता अध्यक्ष रञ्जिताले आफ्नो पक्षका दुई सांसद र डडेलधुराबाट निर्वाचित स्वतन्त्र सांसद तारा जोशीसँग काठमाडौंमै वार्ता गरेकी छन्।

रञ्जितासँगको वार्तापछि उन्मुक्तिमा २ र स्वतन्त्र १ सहित ३ सांसद काठमाडौंमै बसेका छन्। उनीहरू तीनैजना काठमाडौंमा रहँदा मुख्यमन्त्री शाहको सत्ता ढल्ने निश्चित भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .