प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको नेतृत्वमा जेनेभा भ्रमणमा गएको संसद्को टोली स्वदेश फर्किएको छ।
जेनेभामा आयोजित अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १४८औँ महासभामा सहभागी हुन चैत ८ गते जेनेभा गएको सभामुख घिमिरेसहितको टोली शुक्रबार स्वदेश फर्किएको हो।
घिमिरेको नेतृत्वमा संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेय, सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाईँ, सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई भ्रमणमा सहभागी थिए।
साथै नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेशकुमार बर्तौला, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार तथा राष्ट्रिय सभा सदस्य गंगाकुमारी बेल्वासे पनि पनि टोलीमा थिइन्।
उक्त भ्रमणकै कारण प्रतिनिधि सभाको बैठक चैत १८ गतेसम्मका लागि स्थगन गरिएको छ।
त्रिभुवन विमानस्थलमा सभामुख घिमिरेको स्वागत




Shares

प्रतिक्रिया