राजनीति


माओवादीले इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने

माओवादीले इलाम र बझाङमा आफ्नै उम्मेदवार उठाउने

फाइल तस्बिर


नेपालखबर
चैत १४, २०८० बुधबार १३:६, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले आगामी वैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वाचनमा आफ्नै उम्मेदवार उठाउने भएको छ।

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा र बझाङ–१ (क) प्रदेश सभामा माओवादीले आफ्नै उम्मेदवार उठाउने निर्णय गरेको हो।

माओवादी प्रवक्ता अग्निप्रसाद सापकोटाका अनुसार बुधबार बसेको पार्टी पदाधिकारी बैठकले दुवै ठाउँमा उम्मेदवार उठाउने निर्णय गरेको हो।

‘आजको हाम्रो पार्टीको केन्द्रीय कार्यालयको बैठकमा इलाममा प्रतिनिधि सभाको निर्वाचनमा पनि उठाउने, बझाङमा पनि उठाउने निर्णय भएको छ ', उपाध्यक्ष एवम् प्रवक्ता, 'व्यक्तिबारे निर्णयका लागि तल्लो कमिटीबाट सिफारिस आउँदै छ। अर्को बैठकमा टुङ्गो लाग्छ।’

इलाम–२ को उम्मेदवारमा माओवादीबाट धीरेन शर्मा, कान्छा लावती र ओमबहादुर गुरुङको नाम सिफारिस भइसकेको छ।

सत्तारुढ गठबन्धन दलहरू माओवादी र एकीकृत समाजवादीले इलाम–२ मा एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने चर्चाबीच माओवादी आफैं अघि सरेको हो। एमालेले यसअघि नै सुहाङलाई उम्मेदवार बनाइसकेको छ।

इलाम–२ बाट माओवादीका तीन नेताको नाम उम्मेदवारका रुपमा सिफारिस भएर आएको छ। तर कसलाई टिकट दिने माओवादीले अर्को बैठकमा गर्ने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .