ad ad

राजनीति


सहकारी ठगी र गृहमन्त्री रविबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिने

सहकारी ठगी र गृहमन्त्री रविबारे प्रधानमन्त्रीले आज संसद्‌मा जवाफ दिने

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०८० मंगलबार ९:११, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसम्बन्धी विवादका विषयमा आज (मंगलबार) संसद्‌मा जवाफ दिने भएका छन्। 

आज बिहान ११ बजे प्रतिनिधि सभाको बैठक सुरु हुँदै छ। जसमा सांसदले राखेका प्रश्नमा प्रधानमन्त्री प्रचण्डले जवाफ दिने कार्यक्रम छ। 

सो क्रममा गृहमन्त्री लामिछानेका विषयमा पनि जवाफ दिने प्रधानमन्त्री प्रचण्डले स्वयंले जानकारी दिएका हुन्। उनले कान्तिपुर टीभीसँगको अन्तर्वार्तामार्फत सो जानकारी दिएका हुन्। 

यस क्रममा उनले सहकारी ठगी प्रकरणमा लामिछानेविरुद्ध पोखरामा उजुरी पनि उनी दोषी नरहेको दाबी पनि गरेका छन्। 

‘म मंगलबार सदनमा बोल्दै छु, सहकारीको विषयमा, रवि लामिछानेको विषयमा। मैले अनुसन्धानकर्ताहरूसँग बुझी पनि सकेँ, आज म यत्तिचैँ भन्छु– रविको फ्लर्ट छैन’, उनले भनेका छन्, ‘...रविको चाहिँ सहकारीमा फ्लर्ट छैन भन्ने कुरा मलाई नै भनेको रिपोर्ट पनि मसँग छ। त्यसकारण विस्तारमा म मंगलबार सदनमा जवाफ दिन्छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .