ad ad

राजनीति


एमाले प्रमुख सचेतकको आरोप : कांग्रेस रविलाई प्रहार गरेर सरकार ढाल्ने खेलमा छ

एमाले प्रमुख सचेतकको आरोप : कांग्रेस रविलाई प्रहार गरेर सरकार ढाल्ने खेलमा छ

फाइल तस्बिर


नेपालखबर
चैत ४, २०८० आइतबार १६:२, काठमाडौँ

नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले अहिले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वलाई प्रहार गरेर सरकार ढाल्ने खेलमा लागेको आरोप लगाएका छन्।

संसद् भवन परिसरमा आइतबार सञ्चारकर्मीसँग कुराकानीका क्रममा बर्तौलाले कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिने हिसाब गरेर बसेको बताए।

रविलाई आक्रमण गरेर आउन सक्ने अंक गणितका आधारमा कांग्रेसले संसद्‍मा आफ्ना गतिविधि देखाइरहेको उनले बताए। 

 बर्तौलाले कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भनिरहेको बताउँदै छानबिन र अनुसन्धानले दोषी ठहराएमा कसैलाई पनि उम्किन दिनु नहुने बताए।

‘रास्वपाको नेतृत्वलाई बदनाम गर्ने, टिक्न नसकेपछि यो सरकार ढाल्न सकिन्छ भन्ने ध्येयका साथ एक महिनाभित्रमा सरकार ढाल्छौँ भनिरहनुभएको छ’, उनले भने, ‘अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा कसैले जोगाउनुपर्ने छैन। कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अंग प्रभावित हुने सोच्नु हुँदैन। यो सरकारलाई उहाँहरूले २८ दिनको म्याद दिनुभएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .