ad ad

राजनीति


कांग्रेस संसदलाई बन्धक बनाएर राख्ने पक्षमा छैन : सांसद खतिवडा

कांग्रेस संसदलाई बन्धक बनाएर राख्ने पक्षमा छैन : सांसद खतिवडा

नेपालखबर
चैत ३, २०८० शनिबार १५:४, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले आफ्नो पार्टी संसदलाई बन्धक बनाएर राख्ने पक्षमा नरहेको बताएका छन्।

सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै कांग्रेसले संसद अवरुद्ध पारिरहेका बेला सांसद खतिवडाले यस्तो अभिव्यक्ति दिएका हुन्।

ढुवानी व्यवसायी महासंघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै सांसद खतिवडाले कानून निर्माण गर्ने थलो संसदलाई बन्धक बनाएर, तर्साएर, थर्काएर नराखि अघि बढाउन कांग्रेस र एमाले मिलेर अघि बढ्नुपर्ने अवस्था आएको समेत लगाए। 

‘देश निर्माण गर्ने कुरामा अघि पनि भने–पार्टी भन्दा माथि उठौं। संविधानमा केही कुरामा संशोधन गरौं। समानुपातिकलाई राष्ट्रियसभामा लैजाऔं। प्रतिनिधि सभा पूर्ण प्रत्यक्ष बनाएर देश बनाउने कुरामा एक भएर हिँडौं। स्थिर सरकार बन्नसक्छ। नभए स्थिर सरकार नबन्ने भयो। सधैं टालाटुली बटुली। तपाईंले एउटालाई तान्ने, मैले एउटालाई तान्ने। तानातान गर्ने काम केही नहुने। यो प्रवृत्तिको अन्त्य हुनुपर्छ भन्ने चाहेँ,’ उनले भने।

उनले समानुपातिक प्रतिनिधित्वको व्यवस्था राष्ट्रिय सभामा गरेर प्रतिनिधि सभालाई प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्नसके मुलुकलाई स्थिर सरकार दिनसक्ने भएकाले त्यसका लागि पनि कांग्रेस र एमाले मिलेर अघि बढ्नुको विकल्प नरहेको बताए।

‘अहिले संसदमा अलिकति खच्याकखुचुक भएको तपाईंहरुले देख्नुभएको छ। संसदीय व्यवस्था हो। कहिले माननीय मन्त्रीजीहरुले हिजो, अस्तीसम्म भन्नुहुन्थ्यो, आज हामीले भनेका छौं। तर हामी यति प्रतिवद्धता जाहेर गर्न चाहन्छौं–हामी संसदलाई बन्धक बनाएर जनताको कानून निर्माण गर्ने ठाउँलाई बन्धक बनाएर, तर्साएर, थर्काएर होइन। एउटा संसदीय पद्धति अनुसार मुलुकलाई नयाँ बाटोमा लैजाऔं अझ म त अनुरोध गर्न चाहन्छु–हामी अलि अप्ठ्यारो अवस्थामा छौं,’ खतिवडाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .