ad ad

राजनीति


गृहमन्त्रीविरुद्ध कांग्रेसको नाराबाजीपछि संसद् बैठक आइतबारसम्मलाई स्थगित

गृहमन्त्रीविरुद्ध कांग्रेसको नाराबाजीपछि संसद् बैठक आइतबारसम्मलाई स्थगित

तस्बिर : रासस


नेपालखबर
चैत २, २०८० शुक्रबार १६:१६, काठमाडौँ

सहकारी ठगीमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार दोस्रो पटक पनि बसेको प्रतिनिधि सभामा अवरोध गरेको छ।

शुक्रबार दोस्रो बैठक बस्नेबित्तिकै सभामुख देवराज घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए। 

शुक्रबार संसद् बैठक चलिरहँदा कांग्रेस सांसद राजेन्द्रकुमार केसीले बोल्दै विवादित व्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको जवाफ मागेका थिए।

सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी दोस्रो संशोधन प्रस्ताव पेस गर्न गृहमन्त्री लामिछानेलाई समय दिएलगत्तै कांग्रेस सांसदहरूले ड्यासबाट उठेर रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरे।

कांग्रेस सांसदरहरूले कयौँ सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री लामिछानेबारे प्रष्ट जवाफ नआएसम्म संसद् चल्न नसक्ने बताए।

त्यसपछि सभामुख घिमिरेले आइतबार बिहान ११ बजे बस्ने गरी संसद् बैठक स्थगित गरिदिए। यता सरकारले भने सहकारी ठगी र सुन तस्करी प्रकरणमा आगामी मंगलबार प्रधानमन्त्रीले जवाफ दिने जानकारी संसद्‍लाई दिइसकेको छ।

यसअघि शुक्रबार नै बसेको पहिलो बैठकमा कांग्रेस सांसदहरू उठेर संसद्मा अवरोध गरेका थिए। सभामुख घिमिरले प्रधानमन्त्रीबाट जवाफ आउने बताउँदै बैठक अघि बढाउन आग्रह गरेका थिए। तर कांग्रेस सांसदहरू तयार भएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .