ad ad

राजनीति


राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान सुरु

राष्ट्रिय जनमोर्चाको संगठनात्मक अभियान सुरु

नेपालखबर
फागुन १, २०७६ बिहिबार १५:४५,

राष्ट्रिय जनमोर्चाको एक महिने संठनात्मक अभियान सुरु भएको छ। जनमोर्चाले देशभर संगठन निर्माण गर्नका लागि सुरु गरेको अभियानको पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज शुभारम्भ गरे।

कार्यक्रममा अध्यक्ष केसीले जनमोर्चाको देशभरका सबै जिल्लामा सदस्यता वितरण तथा समिति निर्माण गर्न एक महिने अभियान सञ्चालन गरिएको बताए। उनले वर्तमान सरकार महँगी घटाउन असफल रहेको बताए। उनले भारतीय नक्शामा समावेश गरिएको नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भएकाले सरकारले कूटनीतिक पहलमार्फत नेपाली नक्शामा समावेश गर्नुपर्ने उल्लेख गरे

राष्ट्रिय जनमोर्चा काठमाडौँका अध्यक्ष झविन्द्र बेल्वासेले अभियानले जनमोर्चाको संगठनलाई थप बलियो बनाउने बताए। सोही अवसरमा विभिन्न पार्टी परित्याग गरी केही युवा जनमोर्चामा प्रवेश गरेका थिए।
राष्ट्रिय जनमोर्चाले आजबाट एक महिना देशभर संगठन विस्तार अभियान सुरु गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .