भारतका गृहमन्त्री अमित शाहले भारतीय जनता पार्टीका नेताहरुका उग्र टिप्पणीका कारण दिल्लीमा चुनाव हारिएको हुनसक्ने बताएका छन्।
यसै साता सार्वजनिक भएको नतिजामा भाजपाले ७० मध्ये मात्र ८ सिट जितेको थियो भने आम आदमी पार्टीले ६२।
चुनाव प्रचारका समयमा भाजपा नेताहरुले शाहीन वागमा प्रदर्शन गरिरहेकाहरुलाई लक्षित गर्दै उग्र टिप्पणी दिएका थिए। दिल्लीको चुनावलाई पनि उनीहरुले भारत र पाकिस्तानबीचको प्रतिस्पर्धा भनेका थिए भने कतिपयले आपका नेता अरविन्द केजरीवाललाई आतंकवादी भनेका थिए।
नेताहरुले मञ्चबाटै प्रदर्शनकारीलाई गोली हान्नुपर्ने भन्दै नाराबाजी गरेका थिए।
‘उनीहरुले त्यस्तो अभिव्यक्ति दिनु हुँदैनथ्यो,’ शाहले यसबारे पहिलोचोटी मुख खोल्दै भनेका छन्। एजेन्सी
प्रतिक्रिया