ad ad

राजनीति


रास्वपाले प्रदेश निर्वाचन नलड्ने, स्थानीय तह नछाड्ने

रास्वपाले प्रदेश निर्वाचन नलड्ने, स्थानीय तह नछाड्ने

फाइल तस्बिर


नेपालखबर
फागुन २८, २०८० सोमबार १६:४९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनमा प्रदेशतर्फ प्रतिस्पर्धा नगर्ने भएको छ।

आगामी वैशाख १५ गते बझाङ प्रदेश सभा निर्वाचन क्षेत्र नं –१ को लागि उपनिर्वाचन हुँदैछ।

बझाङ १(१) बाट निर्वाचित नेपाली कांग्रेसका सांसद पृथ्वीबहादुर सिंहको सडक दुर्घटनामा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो।

उक्त उपनिर्वाचनमा रास्वपाले उम्मेदवारी नदिने भएको हो।

रास्वपाका एक नेताकाअनुसार सोमबार बसेको केन्द्रीय समिति बैठकले प्रदेशको उपनिर्वाचन नलड्ने निर्णय गरेको हो।

उता प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भने रास्वपाले उम्मेदवारी दिने भएको छ। 

त्यहाँ आफ्नै उम्मेदवार उठाउने निर्णय भएको ती नेताले बताए। तर इलाम २ का लागि रास्वपाले अहिलेसम्म उम्मेदवार भेट्टाउन सकेको छैन।

रास्वपाले यसअघि आफ्ना ६ जना सांसदलाई इलाम पठाएर उपनिर्वाचन हुने क्षेत्रका सबै पालिकामा सर्भेक्षण गरेको थियो।

उक्त सर्भेक्षणमा मतदाताहरूले इलाममा रहेको राई/लिम्बु समुदायको बाहुल्यतालाई हेरेर उम्मेदवार तय गर्न सुझाव दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .