राजनीति


कांग्रेसबाट युवराज शर्मा राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार

कांग्रेसबाट युवराज शर्मा राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार

नेपालखबर
फागुन २७, २०८० आइतबार १८:२२, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आगामी २९ गते हुने राष्ट्रियसभा अध्यक्ष पदको उम्मेदवार चयन गरेको छ।

आइतबार बसेको संसदीय दल कार्यसमितिको बैठकले लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित बाँकेका युवराज शर्मालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

शर्मा २०७८ सालमा राष्ट्रियसभा सदस्य निर्वाचित भएका थिए। शर्मालाई त्यसबेला कांग्रेसले लामो समयपछि न्याय दिएको थियो। 

शर्मा यसअघि २०४५ देखि २०४९ सम्म बाँके कांग्रेस सभापति भएका थिए।

पञ्चायतविरोधी आन्दोलनमा होमिएका उनी २०२४ सालमा पहिलोपटक जेल गएका थिए। उनी त्यसपछि  पटक पटक जेल परे।

कांग्रेसले यसअघि पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभाको उम्मेदवार बनाउने कुरा आएको थियो। 

तर नेकपा माओवादी केन्द्रले गठबन्धन बदलेसँगै शर्मा अध्यक्षका उम्मेदवार भएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .