राजनीति


नयाँ गठबन्धनबारे बोले बादल- नयाँ संस्कार बसाउन एमालेले महत्त्वपूर्ण मन्त्रालय लिएन

नयाँ गठबन्धनबारे बोले बादल- नयाँ संस्कार बसाउन एमालेले महत्त्वपूर्ण मन्त्रालय लिएन

नेपालखबर
फागुन २७, २०८० आइतबार ६:५८, गुल्मी

नेपाल कम्युनिस्ट पार्टी एमालेका उपाध्यक्ष एवं पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’ले वर्तमान सरकारबाट विकास र समृद्धिको यात्रा अघि बढ्ने बताएका छन्।

शनिबार गुल्मीको सदरमुकाम तम्घासमा सुरु लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनमा उनले नयाँ गठबन्धन सरकारले वडा तहदेखि नै समृद्धिको अभियान अघि बढ्ने जिकिर दाबी गरे।

मुलुक यतिबेला राजनीतिक, आर्थिक, सामाजिकलगायतका सङ्कटको भूमरीबाट अघि बढिरहेको भन्दै उपाध्यक्ष थापाले आर्थिक सङ्कटबाट मुक्त गर्न अब विकासको आन्दोलन चलाउनुपर्नेमा जोड दिए। त्यसका लागि वर्तमान गठबन्धन अनुकूल समय बनेको उले बताए। 

एमाललेले तय गरेको मिसन-८४ को अभियानलाई सफल बनाउन आदिवासी जनजातिको निर्णायक भूमिका रहेको उनले बताए। त्यसका लागि एमालेलाई एकल बहुमत दिलाइ प्रमुख राष्ट्रिय शक्तिको रूपमा स्थापित गरेर सत्तामा पुर्‍याउन अहिलेदेखि नै महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा उनले जोड दिए। 

उपाध्यक्ष थापाले एमालेले नयाँ खालको संस्कार र शैली स्थापित गर्नका लागि नयाँ गठबन्धनमा महत्त्वपूर्ण मन्त्रालय नलिएको बताए। सरकार परिवर्तनपछि स्थानीय तहदेखि प्रदेश र केन्द्रसम्म नयाँ नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने उनको दाबी छ। 

एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले एमाले सत्ता र पदका लागि भन्दा पनि राष्ट्रिय सङ्कट समाधानका लागि नयाँ गठनन्धन गरेर सरकारका सहभागी भएको बताए। लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ नेपाल लुम्बिनी प्रदेशको दोस्रो अधिवेशनका लागि गुल्मीमा बाह्र जिल्लाका प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .