ad ad

राजनीति


माओवादीले आइतबार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने

माओवादीले आइतबार राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार तय गर्ने

फाइल तस्बिर


नेपालखबर
फागुन २६, २०८० शनिबार १७:५८, काठमाडौँ

नेकपा माओवादी केन्द्रले आइतबारसम्मा राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंगो लगाउने भएको छ। शनिबार बसेको पार्टीको संसदीय दलको बैठकमा यसबारे छलफल भएको र भोलीसम्म उम्मेदवार टुंगो लाग्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। 

‘सम्माननीय प्रधानमन्त्रीज्यूले उम्मेदवारबारे भोलिसम्म निर्णय हुन्छ भन्नुभएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने। 

बैठकमा सहभागी अर्का एक सांसदका अनुसार आइतबार बिहान पदाधिकारी बैठक बोलाएर यसबारे निर्णय लिन लागिएको हो। 

‘भोलि बिहान पदाधिकारी बैठक बस्ने र त्यसबारे निर्णय लिने कुरा भएको छ,’ ती सांसदले भने। 

माओवादीमा अहिले तीनजनाको नाम राष्ट्रिय सभा अध्यक्षका लागि चर्चामा छ। हाल उपाध्यक्ष रहेकी उर्मिला अर्याल, झक्कु सुवेदी र नारायण दाहालमध्ये कसलाई अध्यक्षको उम्मेदवार बनाउने भन्नेबारे गृहकार्य थालिएको छ। 

‘६ वर्षे कार्यकाल उहाँ (झक्कु सुवेदी) कै भएकाले विषय उहाँतिरै मोडिएको बुझेको छु,’ ती सांसदले नेपालखबरसँग भने। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .