ad ad

राजनीति


फागुन ३० भित्रै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

फागुन ३० भित्रै विश्वासको मत लिने प्रधानमन्त्रीको तयारी

नेपालखबर
फागुन २६, २०८० शनिबार १७:४९, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी फागुन ३० गतेभित्रै विश्वासको मत लिने तयारी गरेका छन्। यसबारे प्रधानमन्त्री प्रचण्डले शनिबार दिउँसो बसेको पार्टीको संसदीय दलको बैठकमा छलफल गरेका छन्। 

बैठकमा सहभागी एक सांसदका अनुसार, फागुन ३० भित्रै संसद्बाट प्रधानमन्त्रीले विश्वासको मत लिनेगरी मोटामोटी छलफल भएको छ। सोही अनुसार सांसदहरूलाई केही दिन उपत्यका छाडेर नजान ह्वीप जारी गरिएको हो। 

संसदको आगामी बैठक फागुन ३० गतेका लागि बोलाइएको छ।

यद्यपि, घटनाक्रम अनुसार प्रधानमन्त्रीले त्यसअघि नै आवश्यक ठानेको खण्डमा २७/२८ गते नै विश्वासको मत लिनसक्नेबारे पनि प्रधानमन्त्रीले आजको बैठकमा ब्रिफिङ गरेका थिए।

पार्टीका प्रमुख सचेक समेत रहेका सांसद हितराज पाण्डेले राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र प्रधानमन्त्रीले विश्वासको मत लिनुअघिसम्म सांसदहरूलाई ह्वीप लगाइएको छ। 

‘विश्वासको मत लिने बेलामा प्रतिनिधिसभाका सदस्यलाई उपस्थिति हुन ह्वीप वा निर्देशन जारी भएको छ,’ पाण्डेले भने, ‘अध्यक्ष/उपाध्यक्षको निर्वाचनमा पनि सोही अनुसार उपस्थित हुन ह्वीप जारी गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .