नेकपा माओवादी केन्द्रका दुई गाउँपालिका कमिटीका अध्यक्ष नेकपा एमाले प्रवेश गरेका छन्।
एमाले प्रवेश गर्नेमा नेकपा माओवादी केन्द्र मुसिकोट नगर कमिटी अध्यक्ष युवराज खरेल र चन्द्रकोट गाउँ कमिटी अध्यक्ष नवीन केसी छन्।
माओवादी छाडेर एमाले प्रवेश गरेका उपाध्यक्ष रामबहादुर थापा गुल्मी पुगेका बेला एक कार्यक्रम आयोजना गरी उनीहरू पार्टी प्रवेश गरेका हुन्।
खरेल र केसी आजबाट सुरु भएको लोकतान्त्रिक आदिवासी जनजाती महासंघ लुम्बिनी प्रदेश कमिटीको दोस्रो अधिवेशनको उद्घाटन समारोहमा एमाले प्रवेश गरेका हुन्।
कार्यक्रममा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष बादल, स्थायी कमिटी सदस्य भानुभक्त ढकाल, एमाले गुल्मी इञ्चार्ज सूर्य थापालगायतका नेताहरूले एमालेमा स्वागत गरे।
एमालेमा प्रवेश गरेपछि दुवै नेताले कम्युनिष्ट शक्ति एक हुनुपर्छ भन्ने निष्कर्षसहित दवाव दिन एमालेमा प्रवेश गरेको बताए।
Shares
प्रतिक्रिया