ad ad

राजनीति


घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैनौं : महामन्त्री शर्मा

घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दामा लाग्दैनौं : महामन्त्री शर्मा

नेपालखबर
फागुन २६, २०८० शनिबार १६:१८, काठमाडौँ

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेस नयाँ सरकार बनाउने धन्दामा नलाग्ने दाबी गरेका छन्। 

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कांग्रेस अब घर घरमा पुगेर देउसी खेली नयाँ सरकार बनाउने धन्दामा नलाग्ने स्पष्ट पारेका हुन्। 

‘कसको कसको घरघरमा देउसी खेलेर नयाँ सरकार बनाउने धन्दाको क्रममा काँग्रेस नलागोस् भन्नेकुरा भन्नुपर्छ। कसको घरमा देउसी खेल्न गएको, विभिन्न दलहरूसँग गएको कुरा आउँछ। धार्नी पुर्‍याउनेतर्फ लागौँ भन्ने पनि आउँछ,’ उनले भने।

अहिलेको सरकार भत्काउन धार्नी पुर्‍याउनेतर्फ नलाग्ने बताउँदै उनले कांग्रेस अब जनताका मुद्दाहरू लिएर खरो रुपमा उत्रिनेसमेत बताए। 

‘हामीले सभापतिज्युलाई भनेका छौँ। अहिले केही समय पर्खनुस्। यो गठबन्धन जे बनेको छ, यो गठबन्धनले काम गर्ने अवसर पाओस्। हामीमाथि जे अभियोगहरू भनियो, हाम्रा मन्त्रीज्युहरूले काम गरेनन् भनने अभियोग छ, मैले प्रस्तुत गरेको प्रतिवेदनमा पनि कांग्रेसका कतिपय कांग्रेसबाट मन्त्री बनेकाहरुको भुमिका प्रभावकारी छ र कतिपयको छैन नै भनेको थिएँ,’ उनले भने।

धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुने भएकाले कांग्रेस सरकार भत्काउने चलखेलमा नलाग्ने शर्माको भनाइ छ।

‘धोका खाने जति कुनै दिन एक ठाउँमा आए बाँकी व्यवस्था आफैँ हुन्छ, त्यसका लागि अहिले हतार गर्न जरुरी छैन,’ उनले भने। 

कांग्रेसबाट सरकारमा गएका केही मन्त्रीहरूको भूमिका मन्त्रीको रुपमा चित्त बुझ्दो नभएको कुरा कांग्रेस आफैँले भनेको भएपनि प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री फेर्नुको सटट हतार गरेर नयाँ गठबन्धन बनाएको आरोप  उनले लगाए। 

‘कांग्रेसतिर फर्किएर भन्दा तपाइंहरूले पनि कांग्रेस अहिले जनताको चाहना र भावना बमोजिम जनताका मुद्दा लिएर संसदमा खरो रुपमा उभ। शिक्षा विधेयक कसैले पास गर्दैनौँ भन्छ भने पर्खाल भएर उभिएउ। प्रतिपक्षको खरो भुमिका भएर उभ,’ उनले भने।

महामन्त्री शर्माले चालु अधिवेशनमार्फत विद्यालय शिक्षा विधेयक पारित हुनुपर्ने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .