राजनीति


गणतन्त्र आदर्शविहीन सत्तालोलुप व्यवस्था प्रमाणित : कमल थापा

गणतन्त्र आदर्शविहीन सत्तालोलुप व्यवस्था प्रमाणित : कमल थापा

नेपालखबर
फागुन २६, २०८० शनिबार १३:२९, काठमाडौँ

राप्रपा नेपालका अध्यक्ष कमल थापाले गणतन्त्र आदर्शविहीन बिहिन सत्तालोलुप व्यवस्था प्रमाणित भएको बताएका छन्।

पार्टी पदाधिकारी र क्षेत्रीय समन्वय समितिका अध्यक्षहरुसँगको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले  १४ महिनामा ४ वटा गठवन्धन, १३ पटक मन्त्रिपरिषद पुनर्गठन, ४३ जना मन्त्री यसको प्रमाण भएको समेत बताए।

‘के यस्तै लोकतन्त्रको लागि हो राजा हटाएको हो? भन्ने प्रश्न गर्दै थापाले यस किसिमको अस्थिरता र ब्रम्हलुटले देशको आर्थिक विकास नहुने र वैदेशिक लगानी पनि नभित्रने दाबी गरे।

नेताहरूको यस्तै प्रवृत्तिको कारण राज्यप्रति जनताको भरोसा टुटेको टिप्पणी गर्दै उनले संधैको लागि देश छोडेर जाने लहर बढेको प्रती राज्य उदाशिन भएको समेत आरोप लगाए।

राप्रपा नेपालले संगठन निर्माण र आन्दोलनलाई सङ्गै लैजानु पर्ने आबश्यकता रहेको भन्दै थापाले अहिलेको संघीय धर्मनिरपेक्ष गणतान्त्रिक ब्यबस्थाको अन्त्य बिना देश सुरक्षित हुन नसक्ने समेत विचार ब्यक्त गरे। 

हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाको बाटोबाट अघि बढ्नुपर्ने भन्दै थापाले आन्दोलन गर्न बिचार मिल्ने हरुबिच तत्काल मोर्चा बनाउनु पर्नेमा जोड दिए।

एक्लै–एक्लै हिड्ने कोसिस गरे समयले कसैलाई माफ नदिने भन्दै थापाले देश र जनताको बृहत्तर हितको लागि फराकिलो सोच र दुरदर्शिता आबश्यक रहेको समेत बताए।

बैठकमा ७ क्षेत्रका क्षेत्रीय समन्वय समितिका अध्यक्षहरु, उपाध्यक्ष तथा महामन्त्रीहरुले भावी कार्यक्रम र कार्य प्रगतीबारे प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .