ad ad

छापा खबर


यस्ता स्त्री/पुरुषले बढी फेर्छन् यौन साथी, जसकाे उपचार आवश्यक

यस्ता स्त्री/पुरुषले बढी फेर्छन् यौन साथी, जसकाे उपचार आवश्यक

नेपालखबर
फागुन १, २०७६ बिहिबार ३:११,

महिलामा हुने तीव्र यौन इच्छा र लतलाई चिकित्सकीय भाषामा ‘निम्फोमेनिया’ र पुरुषमा हुने यस्तो समस्यालाई ‘स्याटिरियासिस’ भनिन्छ।

मनोचिकित्सकका अनुसार बाइपोलार अफेक्टिभ डिसअर्डर भएको अवस्थामा स्त्री/पुरुष दुवैलाई एकभन्दा बढी पुरुष/स्त्रीसँग यौन सम्पर्क गर्ने चाहना तीव्र भएर आउँछ। मनेयिाका विभिन्न लक्षणमध्ये यौन चाहना तीव्र रूपमा बढ्नु पनि एक हो।

यो समस्या भएका व्यक्तिमा जतिसुकै यौन सम्पर्क गरे पनि सन्तुष्टि नपाउने समस्या हुन्छ। मनोचिकित्सक डा. कपिलदेव उपाध्याय भन्छन्, ‘यस्तो समस्या भएका व्यक्तिमा जति धेरैसँग यौन सम्पर्क गरे पनि झन् इच्छा बढ्दै जान्छ।’

हिस्टेयोनिक पर्सनालिटीको समस्या भएको व्यक्तिमा पनि एकभन्दा बढी यौन जोडी परिवर्तन गरिहने समस्या हुन सक्ने मनोविद् गोपाल ढकाल बताउँछन्।

यस्ता व्यक्तिमा अरूले आफूलाई ध्यान दिउन्, माया प्रेम गरुन् भन्ने चाहना हुन्छ। यस्ता स्वभावका महिला चाँडै फस्ने जोखिम हुन्छ। 

उपचार सम्भव छ
यस्तो समस्या हुनै नदिन यौन जोडीबीच सम्बन्ध सुमधुर हुनुपर्ने मनोचिकित्सक आलोक झाको सुझाव छ।

वैवाहिक जोडीले आपसमा भावना साट्नाले सन्तुलित यौन सम्पर्क हुने भएकाले वैकल्पिक यौन जोडीको लतमा फस्ने सम्भावना कम हुनमे उनी बताउँछन्।

वैवाहिक जोडी विवाहपछि सँगै बस्नु उपयुक्त हुने उनको सुझाव छ। आज फागुन १ गते प्रकाशित शुक्रबार साप्ताहिकमा उपेन्द्र खड्काले यो जानकारीमूलक सामग्री विस्तृत रूपमा पस्केका छन्।

कसैमा सेक्ससम्बन्धी मेनिया भएकै अवस्थामा पनि उपचार गरेका खण्डमा समस्या ठीक हुने चिकित्सक बताउँछन्। कतिपय व्यक्तिलाई आफू यस्तो रोग तथा समस्यामा परेको छु भन्ने पनि थाहा हुँदैन। मेनियालगायत मानसिक रोगको समस्याका कारण यस्तो लत लागेको अवस्थामा परामर्श तथा औषधि सेवनपछि ठीक हुने मनोचिकित्सकको भनाइ छ।

डा. झा भन्छन्, ‘सेक्सुअल एडिक्सनमा परेका व्यक्तिका लागि हार्माेनलाई सन्तुलित गर्ने औषधि प्रयोग गर्न सकिन्छ।’

यस्तै हार्माेन थेरापीको प्रयोगबाट पनि हार्माेन सन्तुलनमा ल्याउन सकिने उनको राय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .