ad ad

राजनीति


विष्णु पौडेललाई लिएर बालुवाटार पुगे ओली

विष्णु पौडेललाई लिएर बालुवाटार पुगे ओली

नेपालखबर
फागुन २१, २०८० सोमबार १०:३३, काठमाडौँ

नेकपा माओवादी केन्द्रसँग नयाँ गठबन्धन गरेर सरकार गठन गर्ने चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।

निजी निवास बालकोटमा पार्टीको सचिवालय बैठक सकेलगत्तै उनी बालुवाटार पुगेका हुन्।

साथमा पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई लिएर अध्यक्ष ओली केही बेरअघि बालुवाटार गएको उनको सचिवालयले जानकारी दिएको छ।

नयाँ सत्ता समीकरण बन्ने भएपछि सोमबार बिहानैबाट राजनीतिक दलका नेताहरू दौडधुपमा लागेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .