ad ad

राजनीति


एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन्: आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद् बन्दै

एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन्: आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद् बन्दै

नेपालखबर
फागुन २१, २०८० सोमबार ९:४६, काठमाडौँ

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले आजै आफ्नो पार्टीसहितको नयाँ गठबन्धनले मन्त्रिपरिषद् गठन गर्ने दाबी गरेका छन्। 

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद् बन्दै। सानो आकारको मन्त्रिमण्डलले आज शपथ लिनेछ।’

नेपाली कांग्रेससँग रुष्ट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीसँग नयाँ गठबन्धन बनाउने समझदारी गरेको खबर सार्वजनिक भएका बेला एमाले उपाध्यक्ष पाण्डेको उक्त अभिव्यक्ति आएको हो।

आजै बिहान ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको वर्तमान सत्ता गठबन्धनको बैठक पनि स्थगन गरिएको छ।

सत्ता नेतृत्वकर्ता नेकपा माओवादी केन्द्र र नेकपा एमालेले सचिवालय बैठक गरिरहेका छन्। रास्वपाले पनि आजै बैठक राखेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .