ad ad

राजनीति


कम्युनिस्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

कम्युनिस्ट एकताको पहल थालेका छौँ : प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
फागुन २१, २०८० सोमबार १०:१७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत् कम्युनिष्ट एकताको पहल थालिएको बताएका छन्।

सहिद सप्ताहको अन्तिम दिन साेमबार बिहान प्रधानमन्त्री निवासमा सुखानी सहिदका परिवारसँगको भेटमा उनले भने, ‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिष्ट एकताका लागि थप पहल गरेका छौँ।’
 
तत्कालीन पञ्चायती शासकले २०२९ फागुन २१ गते रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई सुखानीको जङ्गलमा लगेर हत्या गरेका थिए।

भेटमा सुखानी सहिद परिवारका सदस्य विसेश्वरा दाहाल, जीवन घिमिरे, रविन दाहाल, बुद्ध घिमिरेलगायत सहभागी थिए।

कम्युनिष्ट आन्दोलन र जनयुद्धलाई एकापसमा जोड्नका लागि माओवादी केन्द्रले फागुन १४ देखि २१ सम्म सहिद सप्ताह मनाउँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .