ad ad

राजनीति


लिङ्देनले भने : कर्मकाण्डका लागि मात्रै संसद् चलाउनुको अर्थ छैन

लिङ्देनले भने : कर्मकाण्डका लागि मात्रै संसद् चलाउनुको अर्थ छैन

फाइल तस्बिर


नेपालखबर
फागुन १८, २०८० शुक्रबार १२:५८, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले संसद् बैठक कर्मकाण्डका लागि मात्रै चलाइराख्नुको औचित्य नभएको बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा अध्यक्ष लिङ्देनले जनताका समस्याको समाधान गर्ने जवाफ सरकारले नदिएसम्म कर्मकाण्डका लागि मात्रै संसद् चलाइराख्नुको कुनै औचित्य नभएको बताएका हुन्। 

उनले मिटरब्याज, लघुवित्त र सहकारी पीडितको समस्या समाधानमा सरकार जिम्मेवार हुनुपर्नेमा पनि जोड दिए। 

व्यवसायीहरूको समस्या, रसियन सेनामा नेपाली गएका विषय संसदमा उठे पनि सरकारले नसुनेको उनले बताए। 

संसदमा उठेका आवाजहरू सरकारले नसुने यहाँ आएर बोल्नुको कुनै अर्थ नभएको उनले बताए। 

'सरकार र राजनीतिक दलको काम के हो?', उनले सोधे, 'सरकारले समसामयिक विषयहरूसहित सबैको जवाफ दिनुपर्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .