ad ad

राजनीति


माओवादी स्थायी समिति बैठकको दोस्रो दिन : यी विषयमा हुँदै छ गम्भीर छलफल

माओवादी स्थायी समिति बैठकको दोस्रो दिन : यी विषयमा हुँदै छ गम्भीर छलफल

नेपालखबर
फागुन १६, २०८० बुधबार १०:१८, काठमाडौँ

 नेकपा माओवादी माओवादी केन्द्रको स्थायी कमिटीको बैठक दोस्रो दिन आज (बुधबार) पनि जारी छ। 

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा मंगलबारदेखि जारी बैठक आज दोस्रो दिन बिहान ९ बजे सुरु भएको हो। 

आजको बैठकले नेताहरूको कार्यविभाजन टुंगो लगाउने नेताहरूले बताएका छन्। 

यस्तै सुदूरपश्चिम प्रदेश संसदीय दलमा देखिएको विवाद तथा राष्ट्रियसभा अध्यक्ष चयनका विषयमा पनि बैठकले छलफल गर्नेछ।

बैठकमा अधिकांश सदस्यले कांग्रेससँगको गठबन्धनबारे गम्भीर समीक्षा गर्नुपर्ने सुझाव दिएका छन्।

साथै राष्ट्रियसभाको अध्यक्ष पद कांग्रेसलाई दिन नहुने मतसमेत बलियो देखिएको छ। 

माओवादी केन्द्रले पार्टीका प्रदेशका इन्चार्ज परिवर्तन गर्ने तयारीसमेत गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .