राजनीति


अमेरिकी एड्मिरलको टोलीले भेट्यो प्रधानमन्त्री प्रचण्डलाई

अमेरिकी एड्मिरलको टोलीले भेट्यो प्रधानमन्त्री प्रचण्डलाई

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन १३, २०८० आइतबार १८:२३, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अमेरिकाको एसिया प्रशान्त क्षेत्र कमान्डका एड्मिरल जोहन एक्विलिनोले शिष्टाचार भेट गरेका छन्।
 

सिंहदरबारमा आइतबार अपराह्न भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको छ। 

प्रधानमन्त्री प्रचण्डले नेपाल–अमेरिकाको द्विपक्षीय सम्बन्धमा नेपालले महत्त्व दिँदै आएको बताए। उनले नेपालको आर्थिक  विकास र समुन्नतिमा अमेरिकाको महत्त्वपूर्ण सहयोग रहेको उल्लेख गरे।
 

त्यस अवसरमा एड्मिरल एक्विलिनोले विश्व शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घ नेतृत्त्वको शान्ति मिसनमा नेपालले सबैभन्दा ठूलो सङ्ख्यामा योगदान गरेकोमा बधाई दिए। उनले विश्व शान्ति स्थापनामा नेपालले खेलेको भूमिकाको प्रशांसा गरे।

एड्मिरल एक्विलिनो यही फागुन ८ देखि सुरु भएको ‘अभ्यास शान्ति प्रसास–४’ अवलोकनका लागि नेपाल आएका हुन्।

भेटमा प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. रुपक सापकोटा, नेपालको लागि अमेरिकी राजदूत डेन आर थम्सन र परराष्ट्र मन्त्रालयका अधिकारी पनि थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .