नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकका एजेन्डा तय गर्न पदाधिकारी बैठक पेरिसडाँडामा बसिरहेको छ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि माओवादी स्थायी समिति बैठक बिहान ११ बजेबाट दिउँसो ३ बजेसम्मलाई सरेको थियो।
यस्तोमा स्थायी समिति बस्नुअघि प्रचण्डले पदाधिकारीहरूसँग छलफल गरिरहेका छन्। पदाधिकारीसँग संवादपछि अब स्थायी समिति बैठक बस्दैछ।
यो बैठकमा अध्यक्ष दाहालले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको छ।
बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्यांकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतमा छलफल हुने छ।
शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका दाहालको कार्यव्यस्तताका कारण स्थगित भएको थियो।
त्यसअघि बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए।
माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।
Shares
प्रतिक्रिया