राजनीति


प्रचण्ड व्यस्त भएपछि माओवादी स्थायी समिति सर्‍यो, अब दिउँसो ३ बजे बस्ने

प्रचण्ड व्यस्त भएपछि माओवादी स्थायी समिति सर्‍यो, अब दिउँसो ३ बजे बस्ने

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०८० आइतबार ११:५६, काठमाडौँ

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड व्यस्त भएपछि सत्तारुढ नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक दिउँसो ३ बजेसम्मलाई सरेको छ।

आइतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्रे गरी डाकिएको बैठक चार घण्टालाई पछि सारिएको हो।

यो बैठकमा अध्यक्ष दाहालले सरकारका कामकाजसहितका विषयमा बोल्ने बताइएको थियो। 

बैठकमा माओवादीले सञ्चालन गरेको पार्टी रूपान्तरण विशेष अभियानको मूल्यांकन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतमा छलफल हुने बताइएको छ।

शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीसमेत रहेका दाहालको कार्यव्यस्तताका कारण स्थगित भएको थियो।

त्यसअघि बिहीबार बसेको बैठकमा १० प्रदेशका इन्चार्जले अभियानको समीक्षात्मक रिपोर्ट प्रस्तुत गरेका थिए।

माओवादीले आगामी चैत १ गतेदेखि तराई-मधेस जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .