ad ad

राजनीति


जसपा सांसद यादवको प्रश्न– जीबी राईलाई किन नसमातेको?

जसपा सांसद यादवको प्रश्न– जीबी राईलाई किन नसमातेको?

फाइल तस्बिर


नेपालखबर
फागुन ११, २०८० शुक्रबार १२:९, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का सांसद प्रदीप यादवले वीरगन्जस्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जीबी राईलाई तुरुन्तै पक्राउ गर्नुपर्ने बताएका छन्।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै वीरगन्जबासीका १ सय ३५ करोड सम्पत्ति लिएर फरार भएको भन्दै चल-अचल सम्पत्रि बेचेरै भए पनि पैसा फिर्ता गर्नुपर्ने बताए। 

‘जीबी राई कहाँ छन्? किन नसमातेको? सीबीआई के गरेर बसेको छ? वीरगन्जबासीका १ सय ३५ करोड सम्पत्ति लिएर फरार भएका छन्, चल अचल सम्पत्ति बेचेर भए पनि त्यो पैसा फिर्ता गर्नुपर्छ,’ उनले भने।

सांसद यादवका अनुसार अहिले उक्त सहकारीको कार्यालयमा पुग्दा कोही पनि कर्मचारी छैनन्।

‘करिब ९४ करोड रुपैयाँ आफ्ना कम्पनीमा काम गर्ने स्टाफ र आसेपासेलाई बाँड्नुभएको छ। तर, केही धितो राखेर होइन। कपाली तमसुकमा ९४ करोड रुपैयाँ दिनुभएको छ। त्यो पनि पर्सा जिल्लाको मान्छेलाई होइन बाहिरको मान्छेलाई,’ उनले भने, ‘कसैलाई ७८ लाख, कसैलाई ३५ लाख, कसैलाई २ करोड गरेर कसैलाई ६ करोड सम्म दिनुभएको छ। यसमा नेपाल सरकार र सीबीआईको ध्यान पुगेन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .