ad ad

राजनीति


राष्ट्रपति सी ले भनेः भाइरसविरुद्धको जनयुद्ध जित्नैपर्छ

राष्ट्रपति सी ले भनेः भाइरसविरुद्धको जनयुद्ध जित्नैपर्छ

नेपालखबर
माघ २८, २०७६ मंगलबार ११:२०,

चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरसविरुद्धको लडाइँ जित्न सकिन्छ भन्ने आत्मविश्वास चीनसँग हुनै पर्ने बताएका छन्।

सोमबार सीले बेइजिङस्थित दाइतान अस्पताल भ्रमण गरेका थिए। मास्क लगाएर त्यहाँ पुगेका सीले आफ्नो ज्वरो पनि नाप्न लगाएका थिए। उनले अपार्टमेन्टका बासिन्दाहरुलाई हात हल्लाएर उत्साहित रहन आग्रह गरेका थिए।

‘यो लडाइँ हामीले लड्नै परेको छ। हामीले भाइरसविरुद्धको यो समग्र युद्ध र जनयुद्ध जित्ने पूरा आत्मविश्वाससहित लड्नुपर्छ,’ उनले भने।

सीले भाइरसको उद्गमस्थल वुहानका बिरामीहरुसँग पनि भिडियो कलमार्फत कुराकानी गरेको बताइएको छ।

भाइरसका कारण नयाँ वर्षको छुट्टीसँग बन्द भएका व्यवसाय सोमबारबाट खुल्न थालेका छन्। भाइरसबाट त्रसित मानिसहरु डराउँदै काममा फर्किन थालेका छन्।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट एक हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .