राजनीति


प्रतिवेदनमा छलफल गर्न २२ सय जनालाई चार समूहमा बाँडियो

प्रतिवेदनमा छलफल गर्न २२ सय जनालाई चार समूहमा बाँडियो

तस्बिर : सरोज बैजु


नेपालखबर
फागुन ८, २०८० मंगलबार १४:१८, काठमाडौँ

ललितपुरको गोदावरीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकको बन्दसत्रमा पेश गरिएका प्रतिवेदनमाथि छलफलका लागि समूह विभाजन गरिएको छ। 

नेताहरूले पेश गरेका प्रतिवेदनमा छलफल गर्न चारवटा समूह बनाइएको छ। महासमितिमा सहभागी २२ सय जनालाई ती चार समूहमा विभाजन गरिएको हो। 

अब बुधबार तीन समूहमा छलफल गरेर बिहीबार सक्ने तयारी छ। तर, सहभागी संख्या र बोल्न खोज्ने धेरै भएमा पर्सिसम्मको समय पुग्ने अवस्था छैन। मंगलबार दिनभर प्रतिवेदन वाचन गर्दै जाने देखिएको छ।

'भोलि पुरै समुहमा छलफल चलाउछौँ, प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपालखबरसँग भने,'निर्धारित समयमै महासमिति बैठक सकाउने कोसिस गर्छौँ।'

सोमबार उद्घाटनसँगै सकिएको महासमितिको बैठकको दोस्रो दिन बन्दसत्र सुरु भएको थियो। 

बन्दसत्रमा छलफलका लागि पाँचवटा प्रतिवेदन पेस हुँदै छन्। मंगलबार सबैभन्दा पहिले पार्टीका उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले नीति प्रस्ताव पेस गरेका छन्। उनीसँगै लेखा समितिका संयोजक श्याम घिमिरेले आर्थिक प्रतिवेदन पेश गरे।

त्यसपछि महामन्त्री गगनकुमार थापाले साङ्गठनिक प्रस्ताव, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दैछन्।

पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक अवस्था, सम्भावना र भावी दिशासम्बन्धी प्रस्ताव पेस गर्दैछन्। 


 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .