राजनीति


कांग्रेस महासमिति बैठक : हिन्दुराष्ट्रको पक्षमा धमाधम हस्ताक्षर अभियान

कांग्रेस महासमिति बैठक : हिन्दुराष्ट्रको पक्षमा धमाधम हस्ताक्षर अभियान

तस्बिर : लोकेश ढकाल


नेपालखबर
फागुन ८, २०८० मंगलबार १३:२९, काठमाडौँ

नेपाली कांग्रेसको महासमिति बैठकस्थल ललितपुरको गोदावरीमा हिन्दुराष्ट्रको पक्षमा हस्ताक्षर अभियान चलाइएको छ।

कांग्रेसका २२ नेताहरूद्वारा गठित हिन्दुराष्ट्र स्थापना अभियानले गोदावरीस्थित बन्दसत्रको हलबाहिर हस्ताक्षर अभियान चलाएको हो।

अभियानका सह-संयोजक एवम् कांग्रेस नेता लोकेश ढकालका अनुसार हिन्दुराष्ट्रको पक्षमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला र अर्का पूर्वमहामन्त्री तारानाथ रानाभाटसहितले हस्ताक्षर गरेका छन्। 

'नेपाली कांग्रेस वैदिक सनातन हिन्दूराष्ट्र स्थापना अभियानले महासमिति बैठकस्थलमा हस्ताक्षर संकलन कक्ष बनाएको छ', उनले भने, 'जहाँ वैदिक सनातन हिन्दूराष्ट्रको पक्षमा पूर्वमहामन्त्री एवम् केन्द्रीय सदस्य डा. शशांक कोइराला र पूर्वसभामुख एवम् पूर्व महामन्त्री तारानाथ रानाभाटले हस्ताक्षर गर्नु भयो।'

बन्दसत्र चलिरहँदा मुख्य हलअगाडि सनातन हिन्दू राष्ट्र महाअभियानले हस्ताक्षर संकलन गरेको हो। कांग्रेस महासमिति सदस्यहरू अहिले हस्ताक्षर गरिरहेका छन्। हस्ताक्षर गर्नेमा सबै उमेर समुहका देखिन्छन्।

महासमिति बैठकअघि हिन्दु राज्यको एजेन्डामा पार्टीलाई फर्काउन केन्द्रीय समन्वय समिति बनाइएको थियो। 

केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीको अध्यक्षतामा बसेको बैठकले समिति बनाएको थियो। 

यो महाअभियानको सहसंयोजकमा पूर्वगृहराज्यमन्त्री तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल र काठमाडौं जिल्लाका पूर्वसभापति तथा समाजवादी चिन्तक लोकेश ढकाल चयन भएका थिए।

समितिको कोषाध्यक्षमा भानुभक्त ढकाल चयन भएका थिए। सनातन हिन्दु राष्ट्र स्थापना महाअभियानको सल्लाहकार परिषद संयोजकमा पूर्वमन्त्री तथा कांग्रेसका पूर्व प्रमुख सचेतक लक्ष्मण घिमिरेलाई तोकिएको थियो।

त्यो बैठकले केन्द्रीय कार्यसमिति बैठकमा हिन्दु राष्ट्रको एजेन्डा उठाउने निर्णयसमेत गरेको थियो। त्यहीअनुसार २२ नेताले हिन्दुराष्ट्रको पक्षमा पार्टीलाई लैजान पूरक प्रस्ताव दर्ता गराएका थिए। 

तर कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले हिन्दु राष्ट्रको अभियानलाई अहिले पार्टीले छलफलको एजेन्डा नबनाउने बताएका थिए।

प्रचार विभाग प्रमुख विश्वकर्माका अनुसार महासमिति बैठकमा अहिले २२ सयजना सहभागी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .