ad ad

राजनीति


देउवा र थापाबीच अझै कुरा मिलेन, प्रतिवेदनलाई सर्वसम्मत बनाउने प्रयास जारी

देउवा र थापाबीच अझै कुरा मिलेन, प्रतिवेदनलाई सर्वसम्मत बनाउने प्रयास जारी

नेपालखबर
फागुन ७, २०८० सोमबार ११:५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकअघि पार्टीका पदाधिकारीसँग छलफल गरेका छन्।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका पदाधिकारिबीच अहिले देउवा निवास बुढालिनकण्ठमा छलफल चलिरहेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

महामन्त्री थापाले तयार पारेको सांगठनिक प्रतिवेदनमा समेटिएका कतिपय विषयवस्तुमा सभापति देउवा असन्तुष्ट छन्। मुख्यगरी गठबन्धन, विधान लगायतका विषय प्रतिवेदनमा राखिएको भन्दै त्यसलाई हटाउन सभापति देउवाले निर्देशन दिएका छन्। तर, महामन्त्री थापा तयार नभएपछि सोमबार बिहानैदेखि छलफल भइरहेको उनले बताए।

‘महामन्त्री गगन थापाको प्रतिवेदनलाई सर्वसम्मत बनाउने सन्दर्भमा अहिले सभापति ज्यूको निवासमा पदाधिकारीबीच छलफल चलिरहेको छ,’ विश्वकर्माले नेपालखबरसँग भने, ‘महामन्त्री ज्यूको प्रतिवेदनलाई सर्वसम्मत सर्वसम्मत बनाएर प्रेसमा पठाउने तयारी छ। त्यो प्रतिवेदन दिउँसो १ बजे सुरु हुने महासमिति बैठकमा पेस गरिनेछ।’

आइतबार साँझ नै प्रतिवेदन संशोधनसहित प्रेसमा पठाउने तयारी भएपनि महामन्त्री थापा तयार भएनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .