ad ad

राजनीति


प्रधानमन्त्रीले भने : हिन्दुराष्ट्रको विषयमा ध्यानाकर्षण भयो, गम्भीर रुपमा लिइन्छ

प्रधानमन्त्रीले भने : हिन्दुराष्ट्रको विषयमा ध्यानाकर्षण भयो, गम्भीर रुपमा लिइन्छ

तस्बिर : संसद् सचिवालय


नेपालखबर
फागुन ६, २०८० आइतबार १२:३२, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिन्दुराष्ट्रको विषयलाई आफूले गम्भीर रुपले लिने बताएका छन्। 

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो कुरा बताएका हुन्। 

रौतहटबाट निर्वाचित नेकपा एमाले सांसद किरणकुमार शाहले आफ्नो क्षेत्रमा धर्मनिरपेक्षता हिन्दुहरूको विनाशको लागि ल्याइएको हो? भन्ने जिज्ञासा राखेका थिए। 

उनले सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर शनिबारबाटै रौतहटस्थित आफ्नो क्षेत्रमा कर्फ्यु जारी भएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराए। 

प्रधानमन्त्री प्रचण्डले उनको प्रश्नको उत्तर दिने क्रममा हिन्दुराष्ट्रको विषयमा आफ्नो ध्यानाकर्षण भएको र त्यसलाई गम्भीर रुपमा लिएको जवाफ दिए। 

‘हिन्दुराष्ट्रको विषयमा जे कुरा राख्नुभएको छ, मेरो ध्यानाकर्षण भएको छ। त्यसलाई गम्भीर रुपमा लिइन्छ नै,’ प्रधानमन्त्री जवाफमा भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .