ad ad

राजनीति


प्रचण्डजस्तो नेता त्यतिकै जन्मँदैनन्, विश्राम दिने सोच छैन : गिरिराजमणि

प्रचण्डजस्तो नेता त्यतिकै जन्मँदैनन्, विश्राम दिने सोच छैन : गिरिराजमणि

नेपालखबर
फागुन ५, २०८० शनिबार १७:२१, काठमाडौँ

नेकपा माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेलले पार्टी नेतृत्वबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्राम दिने सोच नभएको बताएका छन्। 

पार्टी इतिहासमा पहिलोपटक भएको विधान अधिवेशनमा पनि अध्यक्ष प्रचण्डलाई निषेध गर्न जरुरी नभएको निष्कर्ष निकालेको उनको भनाइ छ। 

शनिबार न्युज एजेन्सी नेपालसँगको कुराकानीका क्रममा उनले अध्यक्ष प्रचण्डकै नेतृत्वमा पाटीलाई अझै पुनर्गठन गर्नुपर्ने बताए।

‘अहिले जनतालाई परिवर्तनको अनुभूति दिलाउनेगरी काम गर्छु भनेपछि प्रचण्डलाई सिध्याउनुपर्ने, निषेध गर्नुपर्ने किन जरुरी भयो र? जति लिन सकिन्छ त्यति लिनुपर्छ भन्ने ढंगले बुझिएको र उहाँकै नेतृत्वमा अझै हामीले पार्टीलाई पनि पुनर्गठन गर्नुपर्छ। अब उहाँलाई विश्राम दिनुपर्‍यो भन्ने सोँच पनि छैन,’ उनले भने।

उनले प्रचण्डजस्ता नेता त्यत्तिकै नजन्मिने समेत जिकिर गरे।

‘कमरेड प्रचण्डजस्ता नेताहरू त्यत्तिकै त जन्मिदैनन् नि। यो चुनावले जन्माएको होइन। संसदीय राजनीतिले जन्माएको होइन। यहाँ आउन त धेरै मेहनत गरेर आएको छ। यो खुसी मान्नुपर्छ कि प्रचण्डको वरिपरी एउटा शक्तिशाली टिम छ। एकतावद्ध छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .