राजनीति


नेतृत्वलाई सुझाव : वर्ग शत्रु किटान नगरी जोसँग पनि मिल्दै जाँदा माओवादी सकिन्छ

नेतृत्वलाई सुझाव : वर्ग शत्रु किटान नगरी जोसँग पनि मिल्दै जाँदा माओवादी सकिन्छ

तस्बिर : प्रधानमन्त्रीको सचिवालय


नेपालखबर
फागुन २, २०८० बुधबार १७:५, काठमाडौँ

नेकपा माओवादी केन्द्रमा सत्ताका लागि जोसँग पनि मिल्ने पार्टी नेतृत्वको चरित्रबारे नेता-कार्यकर्ताले प्रश्न उठाएका छन्। 

काठमाडौँमा जारी प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलका सहभागीले पार्टीले वर्गशत्रु किटान नगरी जोसँग पनि मिल्दै जानु घातक हुने बताएका हुन्। 

‘हरेक कुरा वर्गीय हिसाबले हुनुपर्छ भन्ने कुरा समूहबाट आएको छ। अबको लक्ष्य पार्टीको प्रस्तावनामै समाजवाद बनाउनु पर्छ’, नेताहरूले सुझाउँदै भने, ‘समिति पनि सानो-छोटो र वर्गीय हिसाबको बनाउनुपर्छ। वर्गीय हिसाबको भयो भने मात्रै पार्टी अघि बढ्न सक्छ।’

समूहबाट वर्गशत्रु पहिचान नगरी नेपाली कांग्रेस, नेकपा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका वर्गीय विचार नमिल्नेसँग मिल्दै जाँदा पार्टी नै सकिने चिन्ता पनि आएको छ।

‘माओवादीको वर्गशत्रु को हो? हामीले हाम्रो वर्गशत्रु पहिचान गर्न सक्यौँ या भुल्यौँ’, सुझाव दिँदै ती नेताले भने, ‘सत्ताका लागि कांग्रेस, एमाले र राप्रपासँग जोसुकैसँग पनि मिल्दै हिँडिरहने हो भने हाम्रो एजेन्डा सकिन्छ। हामी पनि सकिन्छौँ।’

समूहबाट सबै माओवादी र कम्युनिस्टहरूलाई मिलाएर बन्ने एकीकृत पार्टीको नाम ‘नेकपा समाजवादी’ राख्नुपर्ने सुझाव आएको छ। तर अरु केही समूले भने जनयुद्धदेखि को लिगेसी छाड्न नहुने बताउँदै माओवादी नै राख्ने कुरामा जोड दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .