ad ad

राजनीति


माओवादीका सबै संरचना प्रत्यक्ष निर्वाचित बनाउन सुझाव

माओवादीका सबै संरचना प्रत्यक्ष निर्वाचित बनाउन सुझाव

फाइल तस्बिर


नेपालखबर
फागुन २, २०८० बुधबार १५:४७, काठमाडौँ

नेकपा माओवादी केन्द्रको विधान अधिवेशनमा पार्टीका सबै संरचना प्रत्यक्ष निर्वाचनबाट छान्नुपर्ने सुझाव आएको छ।

प्रथम विधान अधिवेशनको दोस्रो दिन समूहगत छलफलमा सहभागीहरूले यस्तो सुझाव दिएका हुन्। 

नेताहरू हिमाल शर्मा, परशुराम रम्तेल र कुमार पौडेलसहितका समूहबाट आएका सुझावमा पार्टीको केन्द्रीय समिति पनि घटाएर छरितो बनाउन भनिएको हो।

पार्टीमा पदाधिकारी नराख्ने गरी अघि बढेको माओवादीमा यदि राखिएमा पनि प्रत्यक्ष कार्यकारी निर्वाचन हुनुपर्ने आवाज समूहबाट उठेको हो।

मंगलबारदेखि काठमाडौँको कमलाधिस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो।

एक समूहमा कम्तिमा ५० जना प्रतिनिधि रहने गरी विधानमाथिको छलफलका लागि समूह बनाइएको थियो। 

सम्मेलनमा भाग लिन पार्टीका स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य, केन्द्रीय सदस्य, प्रदेशका पदाधिकारी, विभिन्न मोर्चाका संयोजकहरू सहभागी छन्। बिहीबार विधान अधिवेशन सकिने माओवादी केन्द्रले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .