ad ad

राजनीति


कांग्रेस बैठकको ठहरः गच्छदारमाथि मुद्दा सरकारकाे दबाबमा

कांग्रेस बैठकको ठहरः गच्छदारमाथि मुद्दा सरकारकाे दबाबमा

नेपालखबर
माघ २७, २०७६ सोमबार १६:१२,

नेपाली कांग्रेसले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोहोरो र विरोधाभाषपुर्ण मापदण्ड अपनाएको आरोप लगाएको छ।

सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियारले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको ठहर गरेको हो। आयोगले कांग्रेसका उपसभापति विजयकुमार गच्छदार माथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको पनि कांग्रेसले आरोप लगाएको छ। ‘यो कार्य राजनैतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको’ पनि कांग्रैसले जनाएको छ।

‘यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ।’ बैठकपछि जारी वक्तव्यमा भनिएको छ, ‘नेता विजयकुमार गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ।’

यस्तै कांग्रेसलेचीनको वुहान शहरमा रहेका नेपाली विद्यार्थीहरुसँगै सबै नेपालीलाई तत्काल उद्धार गरेर देश ल्याउन माग गरेको छ।

बैठकले पूर्व सचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको हत्याको घटनालाई गम्भीरतापूर्वक लिँदै दोषीमाथि कारबाहीको माग पनि गरेको छ।

यस्तै, अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं २ का नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष पदमबहादुर धामीको गत माघ २० गते भएको हत्या घटनाको गहिरो अनुसन्धान गरी दोषीलाई आवश्यक कारवाही गर्न पनि कांग्रेसले माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .