ad ad

राजनीति


शिक्षा सचिवको दाबी- भीसी नियुक्तिमा कुनै राजनीतिक हस्तक्षेप छैन

शिक्षा सचिवको दाबी- भीसी नियुक्तिमा कुनै राजनीतिक हस्तक्षेप छैन

नेपालखबर
माघ २९, २०८० सोमबार १२:२१, काठमाडौँ

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले त्रिभुवन विश्वविद्यालयमा भीसी (उपकुलपति) नियुक्तिबारे कुनै राजनीतिक हस्तक्षेप नभएको दाबी गरेका छन्। 

प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उपस्थित भएका उनले यस्तो दाबी गरेका हुन्। 

‘कुनै राजनीतिक हस्तक्षेप भएको छैन। गोप्य कोठा बनाइएको छ’, उनले समिति बैठकमा भने, ‘त्यहाँ तालाबन्दी र डकुमेन्ट सिलबन्दी गरिएको छ। त्यहाँ मेरिटोक्रेसी शैली अपनाएर काम गरेका छौँ।’

उनले पहिले पहिले भीसी नियुक्तिमा यस्तो अभ्यास नगरिएको समेत उल्लेख गरे। 

उनले भने, ‘सर्च कमिटी हो कि सिफारिस समिति हो? विगतमा यसरी जाँदैन थियो। उपयुक्त ठानिएकालाई नियुक्त गरिन्थ्यो।’

उनले यो सिफारिस समिति भएको बताउँदै सर्च कमिटी नभएको बताए।

निवेदन परेका ४३ मध्ये एकराज ओझाबाहेक अरुको दर्ता भएको र त्यसमध्ये १४ जना सर्ट लिस्टमा परेको उनले जानकारी दिए। 

आजदेखि ३ दिन प्रस्तुतीकरण हुने र त्यसपछि अन्तर्वार्ता हुने उनको भनाइ थियो।

‘अन्तर्वार्तापछि कुलपतिसमक्ष समितिले भीसी नियुक्तिको सिफारिस गर्छ’, उनले थपे।

सिफारिस समिति स्वतन्त्र रहेको उनको दाबी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .