माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज (सोमबार) पनि बस्दैछ।
आइतबारदेखि काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा माओवादी केन्द्रीय समिति बैठक सुरु भएको हो।
यसअघि गत साउन १७ देखि २१ गतेसम्म काठमाडैंकै प्रज्ञा प्रतिष्ठानमा माओवादीको केन्द्रीय समिति बैठक बसेको थियो। प्रचण्ड अध्यक्ष चुनिएपछि माओवादीको पाँचौ केन्द्रीय समिति बैठक हो।
बैठकको पहिलो दिन (आइतबार)प्रदेश इन्चार्ज र अध्यक्षले माओवादीले चार महिनासम्म सञ्चालन गरेको विशेष रूपान्तरण अभियानको समीक्षात्मक रिपोर्ट पेस गरेका थिए।
आजको बैठकमा पनि नेताहरुले समसामयिक राष्ट्रिय राजनीति र पार्टीले सञ्चालन गरेको चार महिने ‘जनतासँग माओवादी विशेष अभियान’को विशेष समीक्षा गर्ने कार्यसूची छ।
माओवादीले आगामी फागुन १ गतेदेखि विधान सम्मेलन तय गरेको छ। यो बैठकमा आगामी विधान सम्मेलनको विषयमा पनि छलफल हुने माओवादी नेतारुले बताएका छन्।
Shares
प्रतिक्रिया