ad ad

राजनीति


बालेन्द्रलाई मन्त्रीको जवाफ : निर्माण पूरा नभई धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार

बालेन्द्रलाई मन्त्रीको जवाफ : निर्माण पूरा नभई धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार

फाइल फोटो


नेपालखबर
माघ २२, २०८० सोमबार १७:२६, काठमाडौँ

सरकारले धरहरा निर्माण सम्पन्न नभई पार्किङ गर्न नमिल्ने बताएको छ।

सोमबार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै सहरी विकासमन्त्री सीता गुरुङले निर्माण सम्पन्न नभइ धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम भएको बताइन्। उनले आफूखुशी नगर्न महानगर प्रमुख बालेन्द्र शाहलाई सचेत गराइन्।

‘निर्माण सम्पन्न नभइ धरहरामा पार्किङ गर्नु गैरजिम्मेवार काम हो। समन्वय र सम्पर्क नगरी आफुखुसी पार्किङ गर्नु राम्रो हुँदैन’ उनले भनिन्, ‘एक महिना पर्खिएको भए हुन्थ्यो। अहिले नगर्नु भनेर पत्र पठाएका छौं। उहाँहरुले ध्यान दिनुभएको छैन।’

मन्त्री गुरुङले धरहरामा कार्यविधी नबनाई महानगरले प्रयोग गर्न नसक्ने जिकीर गरिन्।

‘यसरी नै अघि बढ्नु भयो भने राम्रो हुँदैन। त्यहाँ बनाउनु मात्र ठूलो कुरा हैन। त्यहाँ व्यवस्थापन कसरी गर्ने भन्नेबारे कार्यविधी बनाउनुपर्छ’ मन्त्री गुरुङले प्रश्न गरिन्,‘महानगरले मान्ने/नभन्ने भन्ने कुरा हुँदैन। त्यहाँ निर्माण सम्पन्न नभैसकेकाले त्यहाँको सुरक्षा कसले जिम्मेवार लिने?’

काठमाडौं महानगरले न्युरोड क्षेत्रका सडकमा पार्किङ निषेध गरी धरहरामा निशुल्क पार्किङको व्यवस्था गरेको छ। तर कार्यविधी नबनाई आफूखुशी पार्किङ गरेको भन्दै सरकारले रोक्न निर्देशन दिएको थियो।

सरकारको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले काठमाडौं महानगरलाई धरहरामा पाकिङ रोक्न पत्र लेखेपछि सोमबार महानगर प्रमुख शाहले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन्।

शाहले धरहराको निशुल्क पार्किङ हटाएर ठेक्का हत्याउन खोजेको भन्दै सार्वजनिक सम्पत्ति निजी प्रयोजनका लागि चलखेल गर्न नदिने बताएका छन्।

मेयर बालेनलाई कसले पठायो धरहराको निःशुल्क पार्किङ बन्द गर्न पत्र?

केन्द्रीय आयोजना कार्यान्वयन एकाइले पठाएको रहेछ धरहराको पार्किङ बन्द गर्न महानगरलाई पत्र

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .