ad ad

कारोबार


यस्ता छन् नेपाल टेलिकमका वार्षिकोत्सव अफर

यस्ता छन् नेपाल टेलिकमका वार्षिकोत्सव अफर

नेपालखबर
माघ २२, २०८० सोमबार १७:३३, काठमाडौँ

नेपाल टेलिकमले एनटी एनिभर्सरी अफरअन्तर्गत विभिन्न सुविधाहरु उपलब्ध गराएको छ।

गत वर्षको एनिभर्सरी अफरअन्तर्गतको २० एमबीपीएस डाटा, एउटा टेलिफोन र एउटा एनटीटीभीसहितको एफटीटीएच कम्बो प्याकेज खरिद गरेका ग्राहकले साविकभन्दा करिब १५ प्रतिशत कम मूल्यमै ५० एमबीपीएस क्षमताको एफटीटीएच प्याकेज नवीकरण गर्न सक्ने अफर ल्याएको हो।

यसअनुसार नयाँ ग्राहक एवम् अन्य प्याकेज नवीकरणको हकमा साविककै मूल्यमा स्पिड अभिवृद्धि गरी २५० प्रतिशतसम्म पुर्‍याइएको कम्बो प्याकेज खरिद गर्न सक्ने टेलिकमले जनाएको छ।

त्यसैगरी नयाँ एफटीटीएच सेवा खरिद गर्दा एक थान प्रिपेड सिमकार्ड निःशुल्क प्रदान गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .